त्रिवि उपकुलपतिको कार्यालयदेखि सेवा आयोगसम्ममा आंशिक प्राध्यापकहरूले लगाए ताला
सारांश
- त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले उपकुलपति, रेक्टर, रजिष्ट्रार कार्यालय र सेवा आयोगमा तालाबन्दी गरेका छन्। प्राध्यापक नियुक्तिसम्बन्धी विज्ञापनको विरोधमा उनीहरूले तालाबन्दी गरेका हुन्।
- आंशिक प्राध्यापकहरूले ६ बुँदे माग राख्दै आन्दोलन गरेका छन्, जसमा त्रिविले अनुसन्धानात्मक विशिष्टको आधारमा गरेको १३० जना प्रोफेसर नियुक्तिका लागि विज्ञापन खारेज गर्नुपर्ने माग छ।
- आंशिक प्राध्यापकहरूले २०८१ साउनमा भएको सहमति कार्यान्वयन नभएको र फास्ट ट्र्याकको नाममा आफन्त भर्ती गर्न लागिएको आरोप लगाएका छन् भने त्रिविले भने विश्वव्यापी मान्यता अनुसार प्रोफेसर नियुक्त गर्न लागिएको जनाएको छ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले उपकुलपति, रेक्टर, रजिष्ट्रार कार्यालय र सेवा आयोगमा ताला लगाएका छन् । सेवा आयोगले फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्तिका लागि विज्ञापन आह्वान गरेपछि आंशिक प्राध्यापकहरूले ताला लगाएका हुन् ।
आंशिक प्राध्यापक केन्द्रीय सङ्घर्ष समितिले ६ बुँदे माग अघि सारेर ताला लगाइएको अध्यक्ष गोकुल लिम्बुले जानकारी दिए । त्रिविले अनुसन्धानात्मक विशिष्टको आधारमा १३० जना प्रोफेसर नियुक्तिका लागि गरिएको विज्ञापन खारेज गर्नुपर्ने माग गरेका छन् ।
बिस वर्षदेखि आंशिक प्राध्यापकले विश्वविद्यालयको कूल कक्षाभारको लगभग ७० प्रतिशत कक्षाभार लिई निरन्तर योगदान गरिरहेको समितिको भनाइ छ । त्रिविका देशभरका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा गरी दुई हजार २०० को हाराहारीमा कार्यरत छन् ।
विश्वविद्यालय जस्तो प्राज्ञिक ठाउँमा आंशिक प्राध्यापकहरू आफूमाथि भएको अन्याय, विभेद, असमानता (ज्यालामा) का साथै बौद्धिक श्रम शोषणको विरुद्धमा विभिन्न समयमा विभिन्न चरणमा आन्दोलन गर्दै आएको समितिले जनाएको छ ।
आंशिक प्राध्यापक र विश्वविद्यालयबिच २०८१ साउन १८ गते सहमति भई २०८१ साउन २३ गतको त्रिवि कार्यकारी परिषद्ले रिक्त दरबन्दीमा करार गर्ने निर्णय गरेको थियो । तर, ११ महिना बितिसक्दासम्म पनि निर्णय कार्यान्वयन नगरेर आंशिक प्राध्यापकहरूमाथि अन्याय गरिरहेको समितिको ठहर छ ।
त्रिवि नियम तथा हालसम्म अभ्यासमा नै नभएको फास्ट ट्र्याकको नाममा १०० जना आफ्ना नातागोता तथा आफन्तहरूलाई उपप्राध्यापक बनाई त्रिविमा भित्र्याउने षडयन्त्र भइरहेको समितिको दाबी छ ।
त्रिविले भने फास्ट ट्र्याकमार्फत विश्वव्यापी मान्यता अनुसार नै प्रोफेसर नियुक्त गर्न लागिएको जनाएको छ । त्यसका लागि त्रिविले कार्यविधि बनाएर आवेदन आह्वान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण