संसद् अवरुद्ध गर्नु जनताको अधिकार बन्धक बनाउनु हो : कांग्रेस
सारांश
- नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपाले प्रतिशोधका कारण संसदमा विरोध गरेको आरोप लगाए।
- सभामुखले बोलाएको छलफलपछि घिमिरेले सहमति भइसकेपछि पनि संसद अवरुद्ध गर्नु राम्रो नभएको बताए।
- घिमिरेले रास्वपाले गृहमन्त्रीमाथि प्रतिशोध लिएको आरोप लगाउँदै संसदलाई बन्धक बनाउन नहुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिशोध राखेर संसदमा विरोध गरिरहेको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सहमतिमा आइसकेपछि पनि प्रतिशोध राखेर संसद् अवरुद्ध गरिनु राम्रो नरहेको बताए । उनले रास्वपाले समय तोकेर अनुसन्धानको प्रक्रिया अघि बढाउने माग राखेको र गृहमन्त्री रमेश लेखकले संसदमा सम्बोधनका क्रममा एक महिनाभित्र प्रक्रिया अघि बढाउने बताइसकेपछि पनि संसद् अवरुद्ध पार्नु राम्रो नभएको जिकिर गरे ।
उनले भने, ‘उहाँहरूले आफ्नो पार्टीको आफ्नो धारणाहरू राख्न पाइएला । यसमा हामीले केही भन्नु छैन । उहाँहरू पनि लगभग सहमतिमा आउनुभएको विषय थियो । उहाँहरूले टाइम तोकियोस् भन्नुभएको थियो । गृहमन्त्रीले पछि बोल्दा म ३० दिन भित्रमा कार्य प्रारम्भ गर्छु भन्नुभयो । टाइमफ्रेम पनि तोकिदिनुभयो । अब चाहियो के ? उहाँहरूले विशुद्ध रूपमा आफ्नो सभापतिसँग जे भयो त्यो आरोप गृहमन्त्रीमाथि लगाएर उहाँहरूले प्रतिशोध लिन खोज्नुभएको हो भन्ने बुझ्न गाह्रो भएन । यसमा अरू केही कुरा भएन ।’
प्रमुख सचेतक घिमिरेले प्रतिशोध साध्ने हिसाबले संसदलाई प्रयोग गर्न नमिल्ने बताए । उनले संसदलाई अवरुद्ध गर्नु र बन्धक बनाउनु भनेको सार्वभौम आम जनताको अधिकार बन्धक बनाउनु रहेको बताए । संसद् आफ्नो नियमावलीअनुसार सञ्चालन हुने समेत उनले बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण