बेंगलुरुको जस्तो भागदौड हुन नदिन बीसीसीआईद्वारा कमिटी गठन

समाचार सारांश
- बीसीसीआईले बेंगलुरुको रंगशालामा भएको भागदौड जस्तो घटना रोक्न निर्देशिका बनाउन कमिटी गठन गर्यो।
- रोयल च्यालेन्जर्स बेंगलुरुको उपाधि उत्सवमा भएको भागदौडमा ११ जना समर्थकको मृत्यु भएको थियो।
- कर्नाटकका मुख्यमन्त्रीको निर्देशनपछि प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्यो र केएससीएका पदाधिकारीले राजीनामा दिए।
नयाँ दिल्ली । भारतको क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भविष्यमा चिन्नस्वामी रंगशालामा भएको भागदौड जस्ता घटना रोक्न निर्देशिका तयार गर्न एउटा कमिटी गठन गरेको छ । रोयल च्यालेन्जर्स बेंगलुरुको पहिलो इन्डियन प्रिमियर लिग (आईपीएल) उपाधिको खुसीयाली मनाउने क्रममा भएको भागदौडको घटनामा ११ जना समर्थकको मृत्यु भएको थियो ।
समितिमा बीसीसीआईका तीन शीर्ष अधिकारीहरू – सचिव देवजित साइकिया, उपाध्यक्ष राजीव शुक्ला र कोषाध्यक्ष प्रभतेज सिंह भाटिया समावेश छन् । उनीहरूलाई १५ दिनभित्र निर्देशिका तयार गर्न समय दिइएको छ । बीसीसीआईले गत जुन ४ मा घटेको त्रासदीपूर्ण घटनाबारे आधिकारिक बयान जारी गरेको छैन ।
घटनापछि कर्नाटकाका मुख्यमन्त्री सिद्धरामय्याले बेंगलुरु प्रहरीलाई रोयल च्यालेन्जर्स बेंगलुरु र डीएनए इन्टरटेन्मेन्टका अधिकारीहरूलाई पक्राउ गर्न र भागदौडको घटनाबारे छानबिन गर्न निर्देशन दिएका थिए ।
निर्देशनपछि प्रहरीले जुन ६ मा बेंगलुरुका हेड अफ मार्केटिङ निखिल सोसालेसहित डीएनएका दुई अधिकारीहरूलाई पक्राउ गरेको थियो । उनीहरूलाई जुन १३ मा धरौटीमा छाडिएको थियो ।
घटनापछि कर्नाटक राज्य क्रिकेट एसोसिएसन (केएससीए) का सचिव ए शंकर र कोषाध्यक्ष ईएस जयरामले घटनाबारे नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?