बेंगलुरुको जस्तो भागदौड हुन नदिन बीसीसीआईद्वारा कमिटी गठन
सारांश
- बीसीसीआईले बेंगलुरुको रंगशालामा भएको भागदौड जस्तो घटना रोक्न निर्देशिका बनाउन कमिटी गठन गर्यो।
- रोयल च्यालेन्जर्स बेंगलुरुको उपाधि उत्सवमा भएको भागदौडमा ११ जना समर्थकको मृत्यु भएको थियो।
- कर्नाटकका मुख्यमन्त्रीको निर्देशनपछि प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्यो र केएससीएका पदाधिकारीले राजीनामा दिए।
नयाँ दिल्ली । भारतको क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भविष्यमा चिन्नस्वामी रंगशालामा भएको भागदौड जस्ता घटना रोक्न निर्देशिका तयार गर्न एउटा कमिटी गठन गरेको छ । रोयल च्यालेन्जर्स बेंगलुरुको पहिलो इन्डियन प्रिमियर लिग (आईपीएल) उपाधिको खुसीयाली मनाउने क्रममा भएको भागदौडको घटनामा ११ जना समर्थकको मृत्यु भएको थियो ।
समितिमा बीसीसीआईका तीन शीर्ष अधिकारीहरू – सचिव देवजित साइकिया, उपाध्यक्ष राजीव शुक्ला र कोषाध्यक्ष प्रभतेज सिंह भाटिया समावेश छन् । उनीहरूलाई १५ दिनभित्र निर्देशिका तयार गर्न समय दिइएको छ । बीसीसीआईले गत जुन ४ मा घटेको त्रासदीपूर्ण घटनाबारे आधिकारिक बयान जारी गरेको छैन ।
घटनापछि कर्नाटकाका मुख्यमन्त्री सिद्धरामय्याले बेंगलुरु प्रहरीलाई रोयल च्यालेन्जर्स बेंगलुरु र डीएनए इन्टरटेन्मेन्टका अधिकारीहरूलाई पक्राउ गर्न र भागदौडको घटनाबारे छानबिन गर्न निर्देशन दिएका थिए ।
निर्देशनपछि प्रहरीले जुन ६ मा बेंगलुरुका हेड अफ मार्केटिङ निखिल सोसालेसहित डीएनएका दुई अधिकारीहरूलाई पक्राउ गरेको थियो । उनीहरूलाई जुन १३ मा धरौटीमा छाडिएको थियो ।
घटनापछि कर्नाटक राज्य क्रिकेट एसोसिएसन (केएससीए) का सचिव ए शंकर र कोषाध्यक्ष ईएस जयरामले घटनाबारे नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण