मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर

मङ्गलबार, ०३ असार २०८२, ०० : १७
मङ्गलबार, ०३ असार २०८२

काठमाडौँ । रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–

१ . धरौटी बुझाएर रिहा भए धवलशमशेर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा रिहा भएका छन् । सोमबार ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

२. विपक्षीको विरोधकै बिच बजेटमाथि छलफल

विपक्षी दलको विरोधकै बिच प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफल भएको छ । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसद बैठकमै नारावाजी गरे पनि सभामुख देवराज घिमिरेले बैठकको कारबाही अघि बढाएका हुन् ।

३. ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए

सामाजिक सञ्जालमा परिवार तथा आफन्तलाई ‘अलविदा’ भन्दै सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् । जिलला प्रहरी परिसर काठमाडौँको टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट उनको उद्धार गरेको हो ।

४. रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नैतिकताको कुरा गर्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै संसद् अवरोध गरिरहेका बेला आफ्नै पार्टी सभापति रवि लामिछानेको नैतिकताका बारेमा प्रश्न उठेपछि रास्वपाले सरोकार राख्दै आन्तरिक छलफल थालेको छ ।

५. भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर  

पार्टीले अन्तिम पटक भनेर दिएको समयमा पनि महाधिवेशन गर्न नसक्ने ७ भ्रातृ संस्थाका तदर्थ समितिबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको धारणा फरक–फरक आएको छ ।

६. नागढुंगा घटनाबारे प्रतिवेदन: इन्सपेक्टर र जवान दुवैलाई कारबाही सिफारिस

काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी उपरीक्षक पदमबहादुर विष्टको नेतृत्वको समितिले प्रतिवेदन बुझाउँदै इन्स्पेक्टर र जवान दुवैलाई कारबाही गर्न सिफारिस गरेको छ ।

७. मनसुन लागेसँगै झाडापखाला, ज्वरो र सर्पदंशका बिरामी बढे

मनसुन लागेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को आकस्मिक कक्ष झाडापखाला, ज्वरो–रुघाखोकी र सर्पदंशका बिरामीले भरिन थालेको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. विमल चालिसेका अनुसार पछिल्लो एक साता यता यस्ता बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

८. बीपी राजमार्ग लथालिङ्ग अवस्थामै

गत वर्ष असोज १२ गते आएको अविरल वर्षाले थङथिलो बनेको बीपी राजमार्ग अहिले पनि लथालिङ्गकै अवस्थामा छ । यसलाई पहिलाकै स्वरूप पुर्‍याउन निकै गाह्रो छ । नेपालको पूर्वी भेगलाई राजधानीसँग जोड्ने यो छोटो मार्ग फेरि सुरु हुँदै गरेको मनसुनको कहरमा छ ।

९.सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ?

लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्माको काठमाडौँस्थित घरबाट उद्धार गरिएकी बालिकालाई बालिग नहुन्जेलसम्म काठमाडौँमै बसेर पढ्न मिल्ने गरी आवश्यक सम्पूर्ण प्रबन्ध मिलाउन सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाको नाममा परमादेश जारी गरेको छ ।

१०. विपद् प्रभापित सडक पुनर्निर्माणमा बागमती सरकारको जोड

बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक पुनर्निर्माणमा जोड दिँदै आएको छ । सीमित स्रोत–साधनका बाबजुद प्रदेश सरकारले सडक पुनर्निर्माणबारे गरेका कामलाई लिएर रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

११. एमालेको विधान महाधिवेशनः समयमै हुनेमा आशङ्का

नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म हुने भनिएको छ । तर तयारी त्यसअनुसार बढ्न सकेको देखिँदैन ।

गत माघमा बसेको सचिवालय बैठकले २०८२ साल भदौ २०, २१ र २२ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार काशीनाथ अधिकारी नेतृत्वको संगठन विभागले सबै कमिटीलाई विधान महाधिवेशनमा समेट्नुपर्ने विषय केन्द्रमा पठाउन पार्टीलाई प्रस्ताव गरिसकेको छ ।

१२. तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग नेपाल पराजित भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप