क्लब विश्वकप: हारबाट जोगियो इन्टर मिलान
बुधबार, ०४ असार २०८२, ११ : ४७
सारांश
- क्लब विश्वकप फुटबलमा इन्टर मिलान र मोन्टेरीबीच १-१ गोलको बराबरी भयो।
- मोन्टेरीका लागि सर्जियो रामोसले २५औं मिनेटमा गोल गरे, भने इन्टरका लागि लाटारो मार्टिनेजले ४२औं मिनेटमा गोल फर्काए।
- समूह 'ई' मा इन्टर र मोन्टेरीले १-१ अंक जोडेका छन्, रिबर प्लेट ३ अंकसहित शीर्ष स्थानमा छ।
एजेन्सी । क्लब विश्वकप फुटबलमा इटालियन क्लब इन्टर मिलानले मेक्सिकोको क्लब मोन्टेरीसँग बराबरी खेलेको छ ।
बुधबार बिहान भएको खेलमा इन्टरले मोन्टेरीसँग १–१ गोलको बराबरी खेलेको हो । सर्जियो रामोसले खेलको २५औँ मिनेटमा गोल गर्दै मोन्टेरीलाई अग्रता दिलाएका हुन् ।
इन्टरका लागि खेलको ४२औँ मिनेटमा लाटारो मार्टिनेजले गोल गर्दै टिमलाई हारबाट जोगाए ।
प्रतियोगिताको समूह ‘ई’ मा रहेको इन्टर र मोन्टेरीले एक–एक अंक जोडेका छन् । यसै समूहमा रहेको रिबर प्लेटले ३ अंक जोडेर समूहको शीर्ष स्थानमा आफूलाई उभ्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण