क्लब विश्वकप: हारबाट जोगियो इन्टर मिलान
बुधबार, ०४ असार २०८२, ११ : ४७

समाचार सारांश
- क्लब विश्वकप फुटबलमा इन्टर मिलान र मोन्टेरीबीच १-१ गोलको बराबरी भयो।
- मोन्टेरीका लागि सर्जियो रामोसले २५औं मिनेटमा गोल गरे, भने इन्टरका लागि लाटारो मार्टिनेजले ४२औं मिनेटमा गोल फर्काए।
- समूह 'ई' मा इन्टर र मोन्टेरीले १-१ अंक जोडेका छन्, रिबर प्लेट ३ अंकसहित शीर्ष स्थानमा छ।
एजेन्सी । क्लब विश्वकप फुटबलमा इटालियन क्लब इन्टर मिलानले मेक्सिकोको क्लब मोन्टेरीसँग बराबरी खेलेको छ ।
बुधबार बिहान भएको खेलमा इन्टरले मोन्टेरीसँग १–१ गोलको बराबरी खेलेको हो । सर्जियो रामोसले खेलको २५औँ मिनेटमा गोल गर्दै मोन्टेरीलाई अग्रता दिलाएका हुन् ।
इन्टरका लागि खेलको ४२औँ मिनेटमा लाटारो मार्टिनेजले गोल गर्दै टिमलाई हारबाट जोगाए ।
प्रतियोगिताको समूह ‘ई’ मा रहेको इन्टर र मोन्टेरीले एक–एक अंक जोडेका छन् । यसै समूहमा रहेको रिबर प्लेटले ३ अंक जोडेर समूहको शीर्ष स्थानमा आफूलाई उभ्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
-
रिक्त चार प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग (सूचनासहित)
-
विद्यार्थीको मानसिक सन्तुलनका लागि ‘ग्याजेट नीति’ लागू
-
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प
-
शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित