आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता
काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) को स्ववियुले वैधानिकता पाएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीश द्वय डाल कुमार खड्का र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले स्ववियु खारेजीको माग गर्दै परेको रिट निवेदन खारेज गरेसँगै स्ववियुले वैधानिकता पाएको हो ।
नेविसंघबाट स्ववियु अध्यक्षको उम्मेदवार बनेका विनोदराज जोशी लगायतले स्ववियु खारेजीको माग गर्दै रिट निवेदन दायर गरेका थिए । स्ववियु निर्वाचन हुन नसकेपछि आरआरमा निर्वाचन समितिले सर्वसम्मत रूपमा स्ववियु चयन गरेको थियो । अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका लोकेस खड्काको अध्यक्षतामा स्ववियु कार्यसमिति चयन गरिएको थियो ।
त्यसका विरुद्धमा जोशी लगायतले क्याम्पस प्रमुख डा.पद्मकुमार अधिकारी, स्ववियु निर्वाचन अधिकृत महेश भट्टराई, त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय लगायतका विरुद्धमा रिट निवेदन दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण