हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख (मेयर) मीना कुमारी लामाले सरकारी सवारीमा निजी नम्बर प्लेट राखेर प्रयोग गर्दै आएको पाइको छ । मेयर लामाले उपमहानगपालिको सवारीमा निजी नम्बर प्लेट राखी प्रयोग गर्दै सरकारी सम्पत्तिको दुरुपयोग गरेकी हुन् ।
हेटौंडा उपमहानगरपालिकाको नाममा रहेको बा १९ च ३७९६ नम्बरको एसयूभीको ‘डस्टर कार’ मेयर लामाले निजी कारका रूपमा दुरुपयोग गरेकी हुन् । सरकारी कार्यालयको नाममा खरिद भएपछि सरकारी नम्बर नराखी साविककै निजी नम्बरमा मेयर लामाले प्रयोग गर्दै आएकी हुन् ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाको एक कर्मचारीका अनुसार मेयर लामाले चढ्दै आएको बा १९ च ३७९६ नम्बरको कार हेटौँडा उपमहानगरपालिकाको नाममा दर्ता छ ।
बिक्रेताले बिक्री गर्ने क्रममा निजी नम्बर प्लेट नै कायम राखेर मेयर लामाले सो कार प्रयोग गर्दै आएकी हुन् । सरकारी कार्यालयले खरिद गरेपछि सरकारी नम्बर राख्नका यातायात व्यवस्था कार्यालयमा आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ । तर उपमहानगरपालिकाका कर्मचारीका अनुसार मेयर लामाले निजी नम्बर प्लेट भएको कारलाई निजी काममा प्रयोग गर्छिन् ।
जिल्लाबाहिर टाढा कतै जानुपर्दा, जिल्लाभित्रै पनि व्यक्तिगत वा गोप्य कामका लागि यो निजी नम्बर प्लेटको कार प्रयोग हुने गरेको एक कर्मचारीले बताए । उक्त कार कार्यालयको प्रयोजनमा खासै प्रयोग नहुने पनि उनको भनाइ छ ।
मेयर लामाले नियमित प्रयोग गर्ने स्कर्पियो भने बाप्र०३–००१ झ ०१६२ नम्बरको छ । यो स्कर्पियोमा पनि हालसालै सरकारी नम्बर प्लेट राखिएको हो । २०८१ कात्तिक १३ गते धनतेरसका दिन खरिद गरिएको स्कर्पियो पनि लामो समय निजी नम्बर प्लेट नै बनाएर हालै मात्र परिवर्तन गरिएको ती कर्मचारी बताउँछन् ।
साविक बा प्र ०१–०३१ च २०८८ नम्बरको निजी प्लेट रहेको उक्त स्कर्पियोमा मेयर लामाले तीन साताअघि मात्रै सरकारी नम्बर प्लेट राखेकी हुन् । ‘स्कर्पियो खरिद गरेकै वेलामा उपमहानगरपालिकाले सरकारी नम्बर पनि लिएको देखिन्छ । तर, तीन साताअघि मात्रै स्कर्पियोमा निजी नम्बर प्लेट हटाएर सरकारी नम्बर राखिएको हो,’ यातायात व्यवस्था कार्यालय हेटौंडाका एक कर्मचारीले भने ।
प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले भने आफू सरकारी सवारी साधन सेतो प्लेट प्रयोग गर्ने अभियानमै रहेको बताए । मेयर लामाको गाडी मात्रै नभई धेरै मोटरसाइकल पनि रातो प्लेटमै सञ्चालन भइरहेकाले त्यसमा सरकारी नम्बर प्लेट राख्ने प्रक्रियामा अघि बढेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण