आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी तयारीमा लागौँ : अध्यक्ष ढुङ्गेल
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशका कमिटीको बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । बैठकमा प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले मिसन २०८४ मा एकल बहुमत ल्याउने गरी तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउँदै मिसन ८४ मा एकल बहुमत आउने गरी तयारी गर्नुपर्नेमा जोड दिए ।
‘हामीले हालसम्म जनताका समस्या सुन्यौँ तर चाहेजस्तो समाधान दिन सकेनौँ’ ढुङ्गेलले भने,‘अब समाधान पनि दिऔँ ।’ जनताले आश्वासनलाई मात्र विश्वास नगर्ने भएकोले नतिजामा ध्यान दिन उनले पार्टी नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
बैठकलाई सम्बोधन गर्दै ढुङ्गेलले बागमतीमा एमाले एकजुट भएर लागेमा आगामी निर्वाचनमा प्रदेशका ३३ वटै सङ्घीय निर्वाचन क्षेत्र,६६ वटा प्रदेश निर्वाचन क्षेत्र र ११९ वटै स्थानीय तहमा बहुमत ल्याउन समस्या नहुने बताए ।
‘२०७९ को निर्वाचन बागमती प्रदेशका लागि त्यति सुखद भएन । तर २०८४ मा यसबाट पाठ सिकेर एकल बहुमत ल्याउने गरी अघि बढ्नु पर्दछ’ ढुङ्गेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण