बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ढुण्डिराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्याे : राष्ट्रपति

शुक्रबार, ०६ असार २०८२, १६ : ०२
शुक्रबार, ०६ असार २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तनका ढुण्डिराज शास्त्रीको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् । 

राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश शुक्रबार ढुण्डिराजको परिवारलाई कौशलटार पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले हस्तान्तरण गरेका हुन् ।  

राष्ट्रपति पौडेलले समवेदना पठाउँदै ढुण्डिराजलाई लोकतन्त्रप्रतिको अटुट आस्था, लोकतन्त्रमा साँच्चै जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता रहेको उल्लेख गरे । 

राष्ट्रपति पौडेलले वि.सं. २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दादेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका ढुण्डिराजले पञ्चायतको कालरात्रीमा गुल्मी, पाल्पा र अर्घाखाँचीलगायतका जिल्लामा प्रजातन्त्रको पक्षमा युवालाई संलग्न गराउने खेलेको भूमिका सदाका लागि स्मरणीय रहेको बताए । 

राष्ट्रपति पौडेलले समवेदना सन्देशमा भनेका छन्,‘उहाँ (ढुण्डिराज) ले विसं २०१७ साल पुस १ गतेको ‘कु’ पछि भारतमा निर्वासित जीवन बिताउँदाका बखत गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराई प्रजातन्त्रको पक्षमा पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाएको कुरा मेरो स्मरणमा ताजै छ ।’

उनले २०४८ सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर एउटै मन्त्रीपरिषद्मा रहेर काम  गर्दाको र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा रूपमा ढुण्डिराजको भूमिका मेरो स्मृतिमा अझै ताजै रहेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप