बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सवारी साधन चल्न थालेपछि ड्रोनबाट यस्तो देखियो ग्वार्को ओभरपास
फोटोफिचर

सवारी साधन चल्न थालेपछि ड्रोनबाट यस्तो देखियो ग्वार्को ओभरपास

शनिबार, ०७ असार २०८२

ललितपुर । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास हिजो शुक्रबार प्रधानमन्त्री केपी ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट उद्घाटन गरेका हुन् ।

उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका हुन् ।

Gwarko Overpass_NPL_Nepal photo library4

निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशीष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

Gwarko Overpass_NPL_Nepal photo library13

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण सुरु भएको थियो । सुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नुपर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम सकिएन ।

त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै काम सकेको हो ।

Gwarko Overpass_NPL_Nepal photo library1Gwarko Overpass_NPL_Nepal photo library2Gwarko Overpass_NPL_Nepal photo library3Gwarko Overpass_NPL_Nepal photo library5Gwarko Overpass_NPL_Nepal photo library6Gwarko Overpass_NPL_Nepal photo library7Gwarko Overpass_NPL_Nepal photo library8Gwarko Overpass_NPL_Nepal photo library9Gwarko Overpass_NPL_Nepal photo library10Gwarko Overpass_NPL_Nepal photo library11Gwarko Overpass_NPL_Nepal photo library12

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया