इरानमाथि अमेरिकी आक्रमणपछि राष्ट्रकाे नाममा सम्बोधन गर्ने ट्रम्पको तयारी
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हवाई आक्रमणपछि राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन्।
- सम्बोधनमा इरानमाथिको आक्रमण र अमेरिकी रणनीतिबारे थप खुलासा हुने अपेक्षा गरिएको छ।
- ट्रम्पको सम्बोधनले आगामी कूटनीतिक र सैन्य अवस्थाको सङ्केत दिने अनुमान छ।
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हवाई आक्रमणपछि राष्ट्रकाे नाममा सम्बोधन गर्ने घोषणा गरेका छन्। उनले वाशिङटन, डीसीको स्थानीय समयअनुसार राति १० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका छन्।
सम्बोधनमा उनले इरानमाथिको आक्रमणसँगै अमेरिकी रणनीतिका विषयमा थप खुलासा हुने अपेक्षा गरिएको छ। ट्रम्पको सम्बोधनले आगामी कूटनीतिक र सैन्य स्थिति कस्तो बन्नेछ भन्ने सङ्केत दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजीराले जनाएको छ।
यसअघि ट्रम्पले अमेरिकाले इरानका फोर्डो, नटान्ज र इस्फहानलगायत आणविकस्थलमा सफल आक्रमण सम्पन्न गरेको घोषणा गरेका थिए । उनले आक्रमणमा प्रयोग भएका सबै विमान हाल इरानको हवाई क्षेत्रबाहिर आइसकेको बताएका छन् ।
'यो संयुक्त राज्य अमेरिका, इजरायल र विश्वको लागि ऐतिहासिक क्षण हो,' उनले ट्रुथ सोसलमा पोस्ट गरेका छन् । उनले थपे, 'इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्छ'।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण