पहलगाम हमलामा आतङ्ककारीलाई आश्रय दिएको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । पहलगाममा भएको आतङ्ककारी हमलाको दुई महिनापछि भारतको नेसनल इन्भेस्टिगेसन एजेन्सी एनआईएले दुई जनालाई पक्राउ गरेको छ ।
एनआईएको अनुसन्धानअनुसार पक्राउ परेका यी दुई जनाले उक्त हमलाका वेला आतंकवादीहरूलाई आश्रय दिएका थिए । पक्राउ परेका आरोपी परवेज अहमद जोठार र बशीर अहमद जोठार रहेका भारतीय पत्रिका भास्करले लेखेको छ । सोधपुछका क्रममा यी दुवै जनाले आतङ्ककारीहरू लश्कर ए तैयबासँग आबद्ध भएका बताएका छन् ।
एनआईएका अनुसार परवेज और बशीरले हमलाअघि यसअघि पक्राउ परेका तीन जना आतङ्ककारीलाई हिल पार्कस्थित एक अस्थायी झुपडीमा राखेका थिए । जहाँ ती आतंककारीहरूलाई यी दुई जनाले खाना दिनुका साथै अन्य सुविधा दिएका समाचारमा जनाइएको छ ।
२२ अप्रिलमा भएको उक्त हमालामा २६ जनाको मृत्यु भएको थियो भने अन्य १६ जना गम्भीर घाइते भएका थिए । आतंकवादीहरूले मानिसहरूलाई उनको धर्म पहिचान गरी छानीछानी हत्या गरेका थिए । यो घटना पहलगाम सहरभन्दा करिब छ किलोमिटर पर बायसरन घाटीमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण