अमेरिकाले इरानमाथि आक्रमण गरेपछि माओवादी लगायत दलहरूले भने–यो गम्भीर युद्ध अपराध हो
सारांश
- इजरायल र इरानबीचको द्वन्द्व बढ्दै जाँदा अमेरिकाले इरानमाथि आक्रमण गरेकोमा नेपालका राजनीतिक दलहरूले आपत्ति जनाएका छन्।
- नेकपा माओवादी केन्द्र लगायतका दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी साम्राज्यवादको आलोचना गर्दै युद्धविरामको माग गरेका छन्।
- विज्ञप्तिमा अमेरिकी आक्रमणलाई युद्ध अपराधको संज्ञा दिँदै विश्वशान्ति कायम गर्न र इजरायल र इरानमा रहेका नेपालीको सुरक्षाको माग गरिएको छ।
काठमाडौँ । पछिल्लो समय इजरायल र इरानबिच द्वन्द्व चर्किँदै गएको छ । दुवै देशले एकअर्काका सैन्य स्थलहरूमा समेत आक्रमण गरिरहेका छन् । यसैबिच अमेरिकाले पनि गएराति इरानमा आक्रमण गरेपछि नेपालका राजनीतिक दलहरूले आपत्ति जनाएका छन् ।
आइतबार नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी लगायत दलहरूले संयुक्त वक्तव्य जारी गर्दै इरानमाथि भइरहेको आक्रमणप्रति विरोध जनाएका हुन् ।
संयुक्त वक्तव्यमा भनिएको छ,'अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ । त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लङ्घन गरेको छ । यस स्थितिमा गएको रातिमात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ । यो गम्भीर युद्ध अपराध हो । यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ । अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ ।'
साम्राज्यवादी विश्वयुद्ध र युद्धआतंकको विरोध गर्दै अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायम गर्न माग समेत गरिएको छ । यस्तै विश्वशान्तिका लागि संयुक्त राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरूको आधारमा शान्तिपूर्ण ढङ्गले समस्याहरूको समाधान खोजिनुपर्ने जारी वक्तव्यमा उल्लेख छ ।
अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरूको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरूको सुरक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग जोडदार माग समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण