शिक्षा ऐन जारी गर्ने विषयमा शिक्षा मन्त्रीले भने– प्रस्तावित विधेयकले थप स्रोत माग्छ
सारांश
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकले थप स्रोतको माग गर्ने बताए।
- मन्त्री पन्तले शिक्षक महासंघसँगको सम्झौता अनुसार ऐन ल्याउन सुझाव दिएका छन् र सरकार ऐन जारी गर्न समन्वय गरिरहेको छ।
- मन्त्रीले शिक्षकको तलब र ग्रेड मिलानबारे अर्थ मन्त्रालयसँग समन्वय भइरहेको र सबैलाई सम्झौता कार्यान्वयन गर्न आग्रह गरे।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा समावेश गरिएको विषयहरूले थप स्रोत माग गर्ने बताएका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा शीर्षकगत छलफलका क्रममा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पन्तले थप आर्थिक दायित्व आउने बताएका हुन् ।
‘प्रस्तावित विधेयकमा समावेश हुने नयाँ विषयहरूले थप स्रोत माग गर्ने र उक्त विधेयक सार्वभौम संसद्ले स्वीकृत गरेपछि सिर्जित दायित्व सरकारले बहन गर्ने नै छ । ऐनमा समावेश गर्नका लागि प्रस्ताव गरेको आधारमा आगामी आवका लागि प्रस्तावित बजेटमा बजेट समावेश गरिएको छैन,’ उनले भने ।
विभिन्न समयमा नेपाल शिक्षक महासङ्घसँग गरिएको सम्झौता बमोजिम पछिल्लो सम्झौतामा तोकिएको मितिभित्र विद्यालय शिक्षासम्बन्धी ऐन ल्याउन सुझाउनुपर्ने बताए ।
विभिन्न सरकारका पालामा शिक्षकका सङ्घ सङ्गठनसँग भएका सम्झौता बमोजिम ऐन ल्याउने विषयमा सबैको एकमत रहेको उनको भनाइ छ । उपसमितिले दिएको प्रतिवेदन र विभिन्न समयमा भएका सम्झौताका विषयहरू समेट्ने गरी मन्त्रालयले साझा धारणा निर्माण गरेर समितिमा प्रस्तुत गरेको बताए ।
ऐन जारी हुनुपर्छ भन्ने विषय राख्ने सांसदहरू र उनीहरूकै पार्टीका सांसदहरू समितिमा रहेको बताउँदै विद्यालय शिक्षासम्बन्धी ऐन जारी गर्ने विषयमा सरकारले समन्वय गरिराखेको बताए ।
सबैको सहयोग भएमा समयमै ऐन जारी गर्न सकिने बताउँदै उनले भने, ‘शिक्षकको पछिल्लो पेसागत आन्दोलनका क्रममा भएको ९ बुँदे सम्झौता बमोजिम प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र लेखा हेर्ने कर्मचारीको तलबमा सङ्घीय सरकारले व्यहोर्ने दायित्व रकम वृद्धि गरिएको कुरा मैले अघि नै उल्लेख गरिसकेको छु । ग्रेड मिलान लगायतका विषयमा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय भइराखेको छ ।’
यसअघि शिक्षकका सङ्घ सङ्गठनसँग सम्झौता भएका विषय कार्यान्वयन गर्नका लागि सबै जिम्मेवार हुनुपर्ने बताए । सत्ता पक्षमा हुँदा एउटा कुरा प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने प्रवृत्ति त्याग्न सबैमा आग्रह गरे । राज्यसँग उपलब्ध स्रोत साधनलाई समेत ख्याल गरेर उपाय निकाल्न समेत आग्रह गरे ।
‘सरकार समस्या बल्झाउनेतर्फ उन्मुख छैन, सरकार त समस्याको दीर्घकालीन समाधान चाहन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण