कतारको हवाई क्षेत्र पुनः सञ्चालनमा आयो
मङ्गलबार, १० असार २०८२, ०७ : १६
सारांश
- मध्यपूर्वमा तनाव बढेपछि इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गर्यो।
- मिसाइल आक्रमणका कारण कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्यो।
- कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र पुनः सञ्चालनमा आएको घोषणा गर्यो र उडानहरू नियमित भए।
दोहा। मध्यपूर्वमा बढेको तनावसँगै कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि अस्थायी रूपमा बन्द गरिएको कतारको हवाई क्षेत्र पुनः सञ्चालनमा आएको छ। कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको हो।
इरानले मिसाइल प्रहार गरेपछि उत्पन्न भएको असुरक्षाका कारण कतारले आफ्नो हवाई क्षेत्र सावधानी अपनाउँदै बन्द गरेको थियो । प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'देशको हवाई क्षेत्रको अवस्था सामान्य भइसकेको छ र उडानहरू पुनः सुरु भएका छन् ।'
हवाई यातायात पुनः सुरु भएसँगै विभिन्न गन्तव्यका लागि रोकिएका उडानहरू नियमित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण