शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

मङ्गलबार, १० असार २०८२, ०९ : ४७
मङ्गलबार, १० असार २०८२

सारांश

  • सन्दीप लामिछानेको टिम ब्रिज-११ ले दी ब्रिज डिकेट कपको उपाधि जितेको छ।
  • फाइनल खेलमा ब्रिज-११ ले डेभाइज क्रिकेट क्लबलाई १२७ रनले पराजित गर्‍यो।
  • ब्रिज-११ का म्यानी गुरुङ, दिवश गिरी र सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ गरे।

काठमाडौँ । दी ब्रिज डिकेट कपको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको टोली ब्रिज–११ ले जितेको छ । 

वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा भएको दोस्रो मैत्रीपूर्ण क्रिकेट खेलमा ब्रिज–११ ले डेभाइज क्रिकेट क्लबलाई १२७ रनले पराजित गर्दै उपाधि जितेको हो । 

लन्डनमा टस हारेर पहिला बलिङ गरेको ब्रिज ११ का लागि म्यानी गुरुङले २६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै दिवश गिरीले ३७ बलमा ६२ रन तथा कप्तान सन्दीप लामिछानेले २४ बलमा ५४ रन जोडेका थिए । 

बलिङतर्फ डेभाइजका जर्ज डनफोर्ड, क्यामरून ली र अल गवले समान रूपमा २–२ विकेट लिए । 

ब्रिज ११ ले दिएको ३०७ रनको लक्ष्य पछ्याएको डेभाइज क्रिकेट क्लबको लागि थमस एन्ड्र्युले ७१ बलमा १०१ रनको शतकीय पारी खेले । त्यस्तै  लुक ह्याम्बलिनले ३९ बलमा १० रनको योगदान दिए ।

बलिङतर्फ ब्रिज ११ का सन्दीप लामिछानेले १ विकेट, मोसेसले २ विकेट तथा अमित, विकास र मार्क बर्टनले समान रूपमा १–१ विकेट लिए।

bridg cup  (2)

खेलपछि कप तथा ट्रफी वितरण समारोहमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन गिरीले १० वर्षे यात्रामा समाजप्रतिको उत्तरदायित्वका रूपमा खेल प्रतियोगिता गर्न पाएकामा सन्तुष्टि व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप