एसीसी यू–१६ इस्ट जोन कपः नेपालको लगातार दोस्रो जित
काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जापानमाथि ९ विकेटको सहज जित निकालेको छ ।
मंगलबार मलेसियाको जाफर ओभरमा जापानले दिएको ८१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालका लागि शिवान्स बजगाइले सर्वाधिक ३८ रन बनाए । त्यस्तै प्रसिद्ध जैशीले ३३ रन बनाए ।
जापानका लागि कैशी कोबायासी दोगेटले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८० रन बनाएको थियो ।
जापानका लागि कप्तान चार्ली हराहिन्जेले सर्वाधिक ३६ रन बनाए । गब्बी हराहिन्जे १३ रन बनाउन बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका लागि शुभम खनालले सर्वाधिक ५ विकेट लिए । त्यस्तै अभय यादवले २ विकेट लिँदा सुशील रावल र कप्तान विपिन शर्माको नाममा एक–एक विकेट रह्यो ।
जितसँगै नेपालले समूह ए मा दुई खेलबाट ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । समूह ए मा नेपालसँगै जापान, सिंगापुर, भुटान र इन्डोनेसिया रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण