विदेशमा नेपाली श्रमिकको मानव अधिकार सर्त होइन, अडान हो : श्रममन्त्री
सारांश
- श्रममन्त्री शरतसिंह भण्डारीले विदेशमा रहेका नेपाली श्रमिकको मानव अधिकार सुनिश्चित गर्नुपर्ने बताए।
- मन्त्रीले गन्तव्य मुलुकमा श्रमिकलाई सम्मान गर्नुपर्ने र न्यूनतम मानवअधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
- नेपालले अन्तर्राष्ट्रिय फोरममा यो अडान राख्दै आएको र आईएलसी सम्मेलनमा समेत धारणा प्रस्ट पारेको छ।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा रहेका नेपाली श्रमिकको मानव अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले गन्तव्य मुलुकको विकासको लागि रगत पसिना बगाउने नेपाली श्रमिकलाई विकासको सारथिको रूपमा सम्मानको रूपमा हेरिनु पर्ने बताए ।
उनले भने, ‘गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्दछ । हाम्रो यो सर्त हैन – अडान हो ।’ नेपाली श्रमिक विदेशी भूमिमा रहँदाको अवस्थामा श्रमिकको बीमा चौबिसै घण्टा कायम गराउन थप पहलकदमी लिएको समेत बताए ।
नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा यो अडान लगातार राखी आएको बताउँदै उनले भर्खरै सम्पन्न ११३ औँ आईएलसी सम्मेलनमा धारणा प्रस्ट्याएको समेत बताए ।
आईएलसी सम्मेलनका क्रममा प्लेनरी छलफलमा तथा विभिन्न गन्तव्य मुलुकका मन्त्री र पदाधिकारीसँग साइडलाइनमा छलफल गरिएको समेत बताए । नेपाली श्रमिकको उच्च हक हितका लागि कूटनीतिक बैठकलाई निरन्तरता दिइने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण