गृहमन्त्रीको बचाउमा उत्रिए कांग्रेस प्रमुख सचेतक
सारांश
- कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखक स्वच्छ छविको व्यक्ति भएको बताए।
- घिमिरेले भिजिट भिसा प्रकरणको छानबिनमा गृहमन्त्रीले निष्पक्ष छानबिनमा सहयोग गर्ने दाबी गरे।
- उनले रास्वपा र राप्रपालाई संसदीय अभ्यासमा सरकारलाई विश्वास गर्न आग्रह गर्दै छानबिन समितिलाई साथ दिन आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखक स्वच्छ छविको व्यक्ति भएको दाबी गरेका छन् ।
मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक घिमिरेले गृहमन्त्री लेखकको प्रशंसा गरेका हुन् । उनले गृहमन्त्री लेखकमा बेदाग चरित्र रहेको समेत बताए ।
उाले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको उच्चस्तरीय छानबिन समितिलाई निष्पक्ष छानबिन र अनुसन्धानमा गृहमन्त्रीले भित्रैदेखि सदासयताका साथ काम गर्ने कुरामा पर्याप्त आधार र ठाउँहरू रहेका दाबी गरे ।
उनले संसद बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई संसदीय अभ्यासमा सरकारमाथि विश्वास नगर्ने भन्दै प्रश्न गरे । उनले बनाइएको समितिलाई साथ दिन र समितिलाई अपनत्व गरेर शङ्काको सुविधा दिएर हेर्न रास्वपा र राप्रपालाई आग्रह गरे ।
उनले संसदलाई नियमित सुचारु गर्ने कुरामा रास्वपा र राप्रपाको पनि जिम्मेवारी हुने बताउँदै उक्त कर्तव्य निर्वाह आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण