बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ईभी प्रयोग गर्ने ललितपुरवासीलाई  सम्पत्ति करमा छुट

मङ्गलबार, १० असार २०८२, १६ : ४८
मङ्गलबार, १० असार २०८२

सारांश

  • ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन प्रयोगकर्तालाई सम्पत्ति करमा छुट दिने भएको छ।
  • उपप्रमुख मञ्जली शाक्यले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कर छुटको प्रस्ताव गरेकी हुन्।
  • बजेटमा विद्युतीय सवारी साधन प्रयोग गर्ने ललितपुरबासीलाई ५ प्रतिशत सम्पत्ति कर छुट दिइने उल्लेख छ।

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्‌नो पालिका भित्र विद्युतीय सवारी साधन(ईभी) प्रयोग गर्नेलाई सम्पत्ति करमा छुट दिने गरी बजेट ल्याएको छ । 

महानगरकी उपप्रमुख मञ्जली शाक्यले मंगलबार आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट  प्रस्तुत गर्दै कर छुटको प्रस्ताव  सुनाएकी हुन् ।  

बजेटमा भनिएको छ ‘विद्युतीय सवारी साधन प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा ५ प्रतिशत छुट दिइनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप