भारतमा दलजित दोसाञ्जको नागरिकता रद्द गर्न किन उठ्दैछ माग ?
सारांश
- पञ्जाबी गायक दिलजीत दोसाञ्झको फिल्ममा पाकिस्तानी अभिनेत्रीको उपस्थितिलाई लिएर विवाद चर्किएको छ।
- एफडब्ल्यूआईसीईले फिल्म र कलाकार दुवैविरुद्ध प्रतिबन्धको माग गर्दै प्रधानमन्त्री मोदीलाई दोसाञ्झको राहदानी जफत गर्न आग्रह गरेको छ।
- विज्ञप्तिमा पाकिस्तानी अभिनेत्री हानिया आमिरको कास्टिङको आलोचना गर्दै देशका शहीदहरूप्रति अपमान भएको बताइएको छ।
नयाँ दिल्ली । पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसाञ्झको विवाद झन् चर्किंदै गएको छ। उनको आगामी फिल्म सरदारजी ३ को ट्रेलरमा पाकिस्तानी अभिनेत्री हानिया आमिरको उपस्थितिसँगै सुरु भएको विरोध अब फिल्म र कलाकार दुवैको विरुद्धमा स्थायी प्रतिबन्धको मागमा परिणत भएको छ।
फेडरेशन अफ वेस्टर्न सिने इम्प्लोइज (एफडब्ल्यूआईसीई) ले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा फिल्मका निर्मातासँगै दिलजीत दोसाञ्झमाथि पनि कडा कारबाहीको माग गरिएको छ। उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै दोसाञ्झको भारतीय राहदानी जफत गर्ने र नागरिकता रद्द गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “हामी अभिनेता दिलजीत दोसाञ्झ, गुणबीर सिंह सिद्धू, मनमोद सिद्धू र निर्देशक अमर हुंडलको कडा शब्दमा निन्दा गर्छौं, जसले सरदारजी ३ मा पाकिस्तानी अभिनेत्री हानिया आमिरलाई कास्ट गरेर भारतीय फिल्म उद्योगको अपमान मात्र होइन, राष्ट्रिय भावनाको समेत उपेक्षा गरेका छन्।”
महासंघले प्रधानमन्त्री मोदीसँगै गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर र सूचना तथा प्रसारणमन्त्री अश्विनी वैष्णवलाई समेत पत्र लेख्दै कारबाहीको माग गरेको छ। दोसाञ्झको नागरिकता र राष्ट्रिय पहिचानसँग सम्बन्धित सबै अधिकार, विशेषाधिकार र प्रतिनिधित्वबाट वञ्चित गरिनुपर्ने मागसमेत गरिएको छ।
विज्ञप्तिमा हानिया आमिरको कास्टिङको कडा आलोचना गर्दै लेखिएको छ, “भारतले ‘अपरेशन सिन्दूर’ सञ्चालन गर्दा हानिया आमिरले भारतीय सेना र देशविरुद्ध बोलेकी थिइन्। यस्तो अभिनेत्रीको कुनै पनि भारतीय फिल्ममा उपस्थिति देशका शहीद र तिनका परिवारप्रति अपमान हो।”
एफडब्ल्यूआईसीईले सबै भारतीय ओटीटी प्लेटफर्महरूलाई दिलजीत दोसाञ्झसँगको सबै पेशागत सम्बन्ध तोड्न समेत अपिल गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण