इन्द्रसरोवर गाउँपालिकाको ४१ करोड ७२ लाखको बजेट पारित
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट पारित गरिएको छ । कुलेखानीमा सम्पन्न इन्द्रसरोबरको गाउँसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र अनुमानित बजेट पारित गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाले गाउँसभामा आगामी आवका लागि ४१ करोड ७२ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । उक्त बजेटमध्ये ४ करोड ३८ लाख ३८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट सङ्कलन गरिने र बाँकी रकम सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडबाट जुटाइने उनले बताइन् ।
उनका अनुसार कृषि, पूर्वाधार निर्माण र सामाजिक विकासलाई प्राथमिकता दिँदै बजेट तयार गरिएको उनको भनाई छ । उनले रोजगारी सिर्जना, सुशासन, सेवा प्रवाहमा प्रभावकारिता, भ्रष्टाचार नियन्त्रण, समन्यायिक विकास तथा विभेद र असमानताको अन्त्य जस्ता विषयलाई नीति तथा कार्यक्रममा समेटिएको बताइन् ।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सभामा पेस गरेका थिए ।
उनले पर्यटन प्रवर्द्धन, गुणस्तरीय र दिगो पूर्वाधार विकास, प्राविधिक तथा गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा जस्ता कार्यक्रमलाई समेत आगामी वर्षका प्रमुख एजेन्डा बनाएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण