गजुरी गाउँपालिकाद्वारा ६७ करोड २२ लाखको बजेट सार्वजनिक
मङ्गलबार, १० असार २०८२, २० : ५६
धादिङ । यहाँको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गजुरी गाउँपालिकाको १६औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष शर्मिला विशुरालले बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता र समृद्धिको मार्गचित्र अनुरूप बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
प्रस्तुत बजेटमध्ये ४३ करोड ३३ लाख ४२ हजार रुपैयाँ (६४.५ प्रतिशत) चालु खर्चतर्फ र २३ करोड ८९ लाख ५० हजार रुपैयाँ (३५.५ प्रतिशत) पुँजीगत खर्चतर्फ छुट्याइएको छ ।
सभामा गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकासको प्राथमिकता कृषि, सीपमूलक तालिम तथा शिक्षामा केन्द्रित हुने स्पष्ट पारे ।
उनले गाउँको समृद्धिका लागि स्रोतको अधिकतम उपयोग र पारदर्शिता कायम राख्दै योजना कार्यान्वयन गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण