प्रधानमन्त्रीसँग कोशीटप्पु वन्यजन्तु आरक्ष विस्थापितको आग्रह– जग्गा सट्टापट्टा मिलाइदिनू
सारांश
- कोशीटप्पु वन्यजन्तु आरक्ष पीडितहरूले जग्गा सट्टापट्टा मिलाइदिन प्रधानमन्त्रीलाई आग्रह गरे।
- विस्थापित परिवारका प्रतिनिधिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ४८ वर्ष पुरानो भद्र सहमतिको स्मरण गराए।
- प्रधानमन्त्रीले मुख्यसचिवलाई १५ दिनभित्र समस्या अध्ययन गरी जवाफ दिन निर्देशन दिए।
काठमाडौँ । कोशीटप्पु वन्यजन्तु आरक्ष पीडितले जग्गा सट्टापट्टा मिलाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् ।
आरक्ष विस्तार हुँदा विस्थापित परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा विस्थापित परिवारका तर्फबाट सट्टापट्टा पाउन बाँकीमध्येका ९५ वर्षीय कमलकुमारी पोखरेलसहित प्रतिनिधिले ४८ वर्षअघि आरक्ष विस्तारका क्रममा घर बसोबास अधिग्रहण गर्दा जग्गाको सट्टापट्टा दिने राज्यसँग भएको भद्र सहमति स्मरण गराएका हुन् ।
सो समस्याका सम्बन्धमा नेपाल सरकारबाट २०८० फागुन ६ गते रकम चेम्जोङ नेतृत्वको कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापितहरूको समस्या समाधान गर्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोगले सट्टापट्टा पाउन छुट भएका ७५ परिवारलाई मोरङको लेटाङ नगरपालिकामा जग्गा सट्टापट्टा दिन सुझाव दिएको थियो ।
सो प्रतिवेदन कार्यान्वयन हुनुपर्ने मागलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने प्रतिनिधिमण्डलमा सहभागी उच्चस्तरीय आयोगका तत्कालीन सदस्य मनोहर नारायण श्रेष्ठले बताए ।
त्यसबारे सर्वाेच्च अदालतको २०४६ वैशाख ५ गतेको फैसलामा पनि सट्टा जग्गा दिनु भन्ने आदेश भएको प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले मुख्यसचिव एकनारायण अर्याललाई उक्त समस्याबारे अध्ययन गरी १५ दिनभित्र विस्थापित परिवारलाई उचित जवाफ दिन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण