बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तारकेश्वर नगरपालिकाद्वारा २ अर्ब ८० करोडको बजेट सार्वजनिक

बिहीबार, १२ असार २०८२, ०० : ०५
बिहीबार, १२ असार २०८२

सारांश

  • तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ८० करोडको बजेट सार्वजनिक गरेको छ।
  • बजेटमा पुँजीगत खर्चतर्फ ६५ प्रतिशत र चालु खर्चतर्फ ३५ प्रतिशत विनियोजन गरिएको छ, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ।
  • नगर प्रमुख र अन्य सदस्यहरूको उपस्थितिमा सम्पन्न सभामा स्थानीय आवश्यकता र समृद्धिलाई ध्यान दिइएको र विकास निर्माणमा जोड दिइएको छ।

काठमाडौँ । तारकेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ८० करोडको  बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख कृष्णहरी महर्जनको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट प्राथमिकताका साथ सार्वजनिक गरिएको हो।

तारकेश्वर नगरपालिकाको १७ औँ नगरसभा अधिवेशनमा उपाध्यक्ष सिर्जना बुर्लाकोटी (अर्याल) ले आर्थिक वर्ष २०८२/८३ का लागि संघ, प्रदेश तथा नगरपालिकाको आन्तरिक स्रोत समेत गरी कुल २ अर्ब ८० करोड ८३ लाख ७० हजार रुपैयाँ बराबरको संचित कोषको अनुमान गरिएको जानकारी दिइन्।

प्रस्तुत बजेटमध्ये १ अर्ब ८२ करोड ५४ लाख ४० हजार पाँचसय रुपैयाँ ६५ ९प्रतिशत० पुँजीगत खर्चतर्फ र ९८ करोड २९ लाख २९ हजार पाँचसय रुपैयाँ ३५ (प्रतिशत)  चालु खर्चतर्फ छुट्याइएको छ ।

उपाध्यक्ष अर्यालले स्वास्थ्य, खानेपानी, शिक्षा र पूर्वाधार विकासमा विशेष जोड दिई स्थानीय आवश्यकता र समृद्धिको मार्गचित्र अनुरूप बजेट विनियोजन गरिएको बताइन् । 

सभामा प्रमुख महर्जनले “पहिचान, अपनत्व र अधिकार स् दिगो विकासको आधार” भन्ने मूल नारालाई आत्मसात गर्दै नगरपालिका सञ्चालनको तेस्रो वर्षमा उल्लेखनीय प्रगति हासिल भएको बताए। नगरपालिकाले लिएका नीतिगत तथा सुधारात्मक कदमका सकारात्मक परिणाम देखिन थालेका छन्। “आर्थिक र सामाजिक रूपान्तरणमा तीव्रता आएको छ भने विकास निर्माणमा पनि गति लिएको छ,” उनले उल्लेख गरे।

सभामा प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य साथै, नगर कार्यपालिकाका सदस्य, वडाका अध्यक्ष, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।

नगरसभा सदस्यहरूले ऐतिहासिक सम्पदा संरक्षण, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, लक्षित वर्गका कार्यक्रम तथा पर्यटकीय क्षेत्रको समुचित विकासमा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप