बागमती प्रदेशसभा बैठक बस्दै
सारांश
- बागमती प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल गर्दैछ।
- प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोडको बजेट सार्वजनिक गरेको छ, जसले आर्थिक सन्तुलन, उत्पादनशीलता र सामाजिक विकासलाई जोड दिएको छ।
- बजेटमा कृषि, पर्यटन लगायतका क्षेत्रमा विभिन्न योजनाहरू समावेश छन्, जसमा आधुनिक मासु प्रशोधन केन्द्र र फिल्म सिटी निर्माणको योजना रहेको छ।
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा कार्यक्रम माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा सांसदहरूले बजेटमाथि धारणा राख्नेछन् ।
बागमती सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि कुल रु ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक सन्तुलन, उत्पादनशीलता वृद्धि र सामाजिक विकासलाई लक्ष्य गर्दै बजेट प्रस्तुत गरिएको प्रदेश सरकारको दाबी छ।
बजेटमा चालु खर्च तर्फ २६ अर्ब ४४ करोड (३८.६ प्रतिशत) र पुँजीगत खर्च तर्फ ४१ अर्ब ०३ करोड (६१.४ प्रतिशत) विनियोजन गरिएको छ। बागमती सरकारले कृषि क्षेत्रमा २ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्टाइएको छ। जसमा आधुनिक मासु प्रशोधन केन्द्रको निर्माण (PPP मोडेलमा), १६ स्थानीय तहमा कीटाणु परीक्षण प्रयोगशाला, ‘एक जिल्ला–एक कृषि उत्पादन’ को नीति, दोलखा र चितवनमा किवी प्रशोधन केन्द्र, हेटौँडाको दूध प्रशोधन प्लान्ट सञ्चालनको योजना रहेको छ ।
सरकारले संस्कृति पर्यटन तर्फ ३ अर्ब ६७ करोड बजेटबाट दोलखाको डाङडुङ्गे हिललाई फिल्म सिटीमा रूपान्तरण, हेलम्बु ग्रेट ट्रेल, सैलुङ मिनी ग्रेटवाल लगायत ट्रेकिङ गन्तव्य विकास, गोकर्णेश्वरमा राजनीतिक क्रान्ति सङ्ग्रहालय स्थापना, चितवनलाई पर्यटन केन्द्रको रूपमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने गरी बजेट व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण