तटबन्धले जोगायो घर खेत
सारांश
- दाङको तुलसीपुर उपमहानगरपालिका-१२ मा ग्वारखोलामा तटबन्ध निर्माण भएपछि स्थानीय बासिन्दाको बाढीको समस्या समाधान भएको छ।
- तटबन्ध निर्माणले हरीपौरी, जसपुर, गर्गरे, बेलान्ने लगायतका स्थानका बासिन्दालाई राहत मिलेको छ, जसले १०० घरधुरीलाई सुरक्षित गरेको छ।
- बबई नदीमा पनि तटबन्ध निर्माण भएपछि कचिला र शीतलपुरका बासिन्दाले बाढीको डरबाट मुक्ति पाएका छन्, र लगभग ३०० घरलाई यसबाट फाइदा पुगेको छ।
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरी निवासी मञ्जु आचार्यलाई ग्वारखोला गाउँमा पस्छ, की भन्ने पिरलो थियो । ग्वारखोलाले जमिन काटेर गाउँमै पस्लाजस्तै गरेको थियो ।
यही पीर सोही ठाउँका रूपसिंह चौधरीलाई पनि थियो । गाउँमा बाढी पस्ने चिन्ता मात्रै होइन रोपेको धान समेत बर्सेनि बगाउँदा उनी निकै चिन्तित भए । “गाउँमा बाढी पस्ने डर उत्तिकै थियो”, उनले भने, “बर्सेनि आउने बाढीले हामीले रोपेको खेतको धान बगाएर लिन्थ्यो ।”
यस्तै समस्याले गर्दा सोही वडाको हरीपौरी मात्रै होइन, जसपुर, गर्गरे, बेलान्नेलगायतका बासिन्दालाई बर्सेनि पिरोल्थ्यो । तर, अब त्यो समस्या रहेन । ग्वारखोलामा यस वर्ष तटबन्ध निर्माण भइसकेको छ । त्यो तटबन्धले गाउँ पनि सुरक्षित त हुने नै भयो जग्गा पनि सुरक्षित गरेको छ ।
तटबन्ध निर्माण भएपछि त्यहाँका १०० घर सुरक्षित भएका छन् । विगतमा यो रोगजस्तै भए पनि तटबन्ध निर्माण भएपछि अब सहज भएको तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए । त्यहाँको ६०० मिटर तटबन्ध निर्माण भएको हो ।
गएको वर्ष वडा नं १२ मै ३०० मिटर तटबन्ध भएको हो । सिँचाइ डिभिजन कार्यालय दाङको लागतमा तटबन्ध निर्माण भएको हो । सोही वडामा अझै ७०० मिटर तटबन्ध भएको छ ।
बबईको तटबन्धले पनि सहज
तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाअन्तर्गत पर्ने बबई नदीमा पनि तटबन्ध निर्माण भएको छ । त्यसले पनि गाउँ नै जोगाउने अपेक्षा लिइएको छ । कचिला निवासी डिल्लीबहादुर थारुका अनुसार विगतमा बाढी बसेर गाउँ नै पुग्थ्यो । तर, अब भने त्यो डर हराएको उनले बताए । “सधैँ गाउँमा बाढी पस्थ्यो, घरै बगाउने डर हुन्थ्यो”, उनले भने, “तर, अब त्यो समस्या हटेर गएको छ ।”
त्यहाँ करिब ३०० घरलाई असर पुर्याउथ्यो । कचिला शीतलपुरलगायत बस्तीमा त्यहाँको बाढीले असर गर्ने गरेको थियो । करिब रु तीन करोड लागतमा त्यहाँ तटबन्ध निर्माण भएपछि सहज भएको उहाँको भनाइ छ । सिँचाइ डिभिजन कार्यालयले २०० मिटर तटबन्ध गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण