पाँचतले मन्दिरको तीन सय २३ वर्षबन्धन पूजा सम्पन्न
सारांश
- भक्तपुरको न्यातपोल मन्दिर ३२३ वर्ष पूरा भएको अवसरमा विशेष पूजा र झण्डोत्तोलन गरियो।
- न्यातपोल मन्दिरको गजुरमा झण्डा फेरियो र स्थानीय समुदायले सरसफाइ गरे।
- मन्दिरमा सिद्धिलक्ष्मी, भैरव र बेतालको पूजा गरियो, र तोकिएका व्यक्तिबाहेक अरूलाई प्रवेश निषेध छ।
भक्तपुर। मल्ल राजा भूपतिन्द्र मल्लले नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदाको दिन निर्माण पूरा गरेको भक्तपुरको प्रसिद्ध न्यातपोल अर्थात् पाँचतले मन्दिरको तीन सय २३ वर्षबन्धन पूजा एवं झण्डोत्तोलन गरिएको छ ।
भक्तपुर टौमढीस्थित नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको न्यातपोल अर्थात् पाँच तले मन्दिरको तीन सय २३ वर्ष पूरा भएको अवसरमा बिहीबार मन्दिरको गजुरमा झण्डोत्तोलन गर्नुको साथै विशेष पूजा गरिएको छ । राजा भूपतिन्द्र मल्लले वर्षमा एक पटक वर्षबन्धन पूजाको परम्परा चलाएको र सो पूजा आजसम्म निरन्तर चली आएको छ ।
मन्दिरमा सिद्धिलक्ष्मी, भैरव र बेतालको पूजा गरिएको छ भने आजै स्थानीय अवाल समुदायले मन्दिरमाथिको छानाको सरसफाइ गरेर न्यातपोल मन्दिरको झण्डा फेरेर झण्डोत्तोलन गरी जन्मदिन मनाइएको छ । मन्दिर निर्माण पूरा भएको दिन असार शुक्ल प्रतिपदामा पहिलो वर्षबन्धन पूजा गरिएको अभिलेखमा उल्लेख छ ।
मन्दिरभित्र निर्धारित तोकिएको व्यक्तिबाहेक अरू प्रवेश गर्न निषेध गरिएको छ । मन्दिरलाई देवीमा तान्त्रिक शक्तिको स्वरूपमा मान्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण