नुवाकोटमा बेपत्ता महिलाको खोजीमा तालिम प्राप्त कुकुर परिचालन
सारांश
- नुवाकोटमा खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजीका लागि सशस्त्र प्रहरीको कुकुर परिचालन गरिएको छ।
- ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन्।
- खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीका ६५ जना सुरक्षाकर्मी खटिएका थिए, जसमा २ वटा कुकुर पनि सामेल थिए।
काठमाडौँ । नुवाकोटमा खोलाले बगाएर बेपत्ता महिलाको खोजी कार्यको लागि सशस्त्र प्रहरीको कुकुर परिचालन गरिएको छ । शुक्रबार बेपत्ता भएकी महिलाको खोजीमा सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट २ वटा कुकुरसहित ७ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई ३२ वर्षीय कमला बलामी बेपत्ता भएकी थिइन् । उनको खोजीमा सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा ७ जना सुरक्षाकर्मीसहित २ वटा सर्च एन्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।
खोज तथा उद्धारको लागि शुक्रबार बिहानैदेखि सशस्त्रको युएन तालिम शिक्षालय ककनी, नम्बर–१९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेडाँडा बाट ६५ जना सुरक्षाकर्मी खटिएका थिए । सो ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाइते भएका थिए । उनको उद्धार गरेर उपचारको लागि काठमाडौँ ल्याइएको छ । बाढीले केही चौपाया पनि बगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण