वर्षा
सिन्धुपाल्चोकमा वर्षा जारी, साना खोलामा बहाव र पहिरोको जोखिमः मौसम विभाग
आइतबार, १५ असार २०८२, ०० : २९
सारांश
- सिन्धुपाल्चोकको गोब्रे र आसपासका क्षेत्रमा तीन घण्टासम्म मध्यम वर्षा भएको छ।
- आगामी केही घण्टासम्म वर्षा जारी रहने सम्भावना रहेको मौसम विभागले जनाएको छ।
- विभागले खोलामा आकस्मिक बहाव र पहिरोको जोखिमबारे सतर्क रहन आग्रह गरेको छ।
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको गोब्रे, मानेखार्क वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्ला तीन घण्टामा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार शनिबार राति ११ः४५ बजेसम्म मापन गरिएका तथ्यांकअनुसार आगामी केही घण्टासम्म वर्षा जारी रहने सम्भावना रहेको छ।
विभागले जारी गरेको सूचना अनुसार जिल्लाभित्र बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेको छ। साथै, कमजोर तथा भिरालो जमिन भएका स्थानहरूमा पहिरोको जोखिम पनि देखिएको छ।
विभागले स्थानीय बासिन्दा, यात्रु र सम्बन्धित निकायहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण