पाल्मेरास क्लब विश्वकपको क्वार्टरफाइनलमा, चेल्सीसँग भिड्ने
सारांश
- पाउलिन्होले अतिरिक्त समयमा निर्णायक गोल गरेपछि पाल्मेरास फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
- खेलमा पाल्मेरासका कप्तान गुस्तावो गोमेजले रातो कार्ड पाएका थिए र टोली १० खेलाडीमा सीमित भएको थियो।
- पाल्मेरासले अब क्वाटरफाइनलमा चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ, जसले सेमिफाइनलको टिकटको लागि प्रतिस्पर्धा गर्नेछ।
पेन्सिलभेनिया । पाल्मेरास फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। ब्राजिलका दुई प्रतिद्वन्द्वी क्लबबिचको रोमाञ्चक खेलमा पाउलिन्होले अतिरिक्त समयमा निर्णायक गोल गर्दै पाल्मेरासलाई बोटाफोगोमाथि १–० को जित दिलाए।
बायर लेभरकुसेनका पूर्वविंगर पाउलिन्होले खेलको अतिरिक्त समयको १०औँ मिनेटमा मैदानको दायाँ छेउबाट भित्र छिरेर गरेको लो-शटले बोटाफोगोका गोलरक्षक जोनलाई छक्क्याउँदै जाली चुम्यो। यो गोल नै खेलमा निर्णायक बन्यो।
खेल सामान्य समयमा खासै रोमाञ्चक हुन सकेको थिएन । दुवै टोलीले एक-अर्कालाई रोक्दै गोलरहित बराबरी खेलेका थिए। पाल्मेरासका कप्तान गुस्तावो गोमेजले रातो कार्ड पाएपछि खेलको अन्त्यतिर उनीहरू १० खेलाडीमा सीमित भएका थिए।
अब पाल्मेरासले क्वार्टरफाइनलमा चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । खेलको विजेताले सेमिफाइनलको टिकट पाउनेछ।
पाल्मेरास र बोटाफोगोबीचको यो भिडन्त पछिल्लो समयको प्रतिद्वन्द्विताको अर्को अध्याय थियो। सन् २०२३ मा हाल रियल मड्रिडमा रहेका एन्ड्रिकको प्रेरणादायी प्रदर्शनमा पाल्मेरासले ३–० ले पछि परेको खेल उल्टाएर लिग उपाधि जितेका थिए।
त्यसपछि २०२४ को कोपा लिबर्टाडोरेसमा दुवै टोली फेरि आमनेसामने हुँदा यसपटक बोटाफोगो विजयी हुँदै पहिलोपटक दक्षिण अमेरिकी च्याम्पियन बनेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण