रामकुमारीलाई सुदेशको काउन्टर, विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट
सारांश
- नेकपा एसका नेता सुदेश पराजुलीले नेतृ रामकुमारी झाँक्रीलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन्।
- पराजुलीले झाँक्रीको अभिव्यक्तिलाई 'विक्षिप्त मानसिकता'को संज्ञा दिँदै पदका लागि सम्झौता गर्ने गरेको आरोप लगाए।
- झाँक्रीले लुम्बिनीमा अध्यक्ष माधवकुमार नेपालका कारण पार्टीमा संकट आएको र पार्टी पुनर्गठन गर्नुपर्ने बताएकी थिइन्।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य सुदेश पराजुलीले नेतृ रामकुमारी झाँक्रीलाई काउन्टर जवाफ फर्काएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा पराजुलीले लेखेका छन्, ‘लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ । हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा परेर, कहिले सामाजिक दुनियाँलाई प्रयोग गरेर, कहिले नक्कली स्टण्डबाजी गरेर उदय भएको हो ।’
पराजुलीले झाँक्रीको अभिव्यक्तिलाई लक्षित गर्दै थप लेखेका छन्, ‘कहिले पदका निम्ति जस्तो सुकै सम्झौता गरेर प्राप्ति, कहिले पद सत्ता हस्तान्तरण गर्नु पर्दा रुवावासी । यो मानसिकताको विशेष गुण हो । यस्तो मानसिकता विश्वास गरेर हामी मूर्ख नबनौँ ।’
नेतृ झाँक्रीले शनिबार लुम्बिनी पुगेर अध्यक्ष माधवकुमार नेपालका कारण पार्टीमा सङ्कट आएकोले पार्टी पुनर्गठन गरेर जानुपर्ने बताएकी थिइन् । नेतृ झाक्रीले त्यसका लागि अर्ली (चाँडै) पार्टी महाधिवेशन गर्नुपर्ने समेत बताएकी थिइन् ।
‘म त भन्छु अर्ली महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण