ललितपुर क्वीन्सको प्रशिक्षकमा खड्का नियुक्त
सारांश
- ललितपुर क्वीन्सले एभरेस्ट वुमन्स भलिबल लिग सिजन २ का लागि उत्सव खड्कालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
- नयाँ सिजनको तयारीमा जुटेको ललितपुर पहिलो सिजनको उप विजेता टोली हो।
- प्रशिक्षक खड्काले टिमलाई उपाधि दिलाउने विश्वास व्यक्त गर्दै, ललितपुर परिवारलाई धन्यवाद दिए।
काठमाडौँ । ललितपुर क्वीन्सले एभरेस्ट वुमन्स भलिबल लिग (इडब्लूभीएल ) सिजन २ का लागि उत्सव खड्कालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले आइतबार खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
ललितपुरले प्रशिक्षकको जिम्मेवारी दिएसँगै नयाँ सिजनको पनि तयारीमा जुटेको बताएको छ । ललितपुर पहिलो सिजनको उप विजेता टोली हो ।
प्रशिक्षक खड्कासँग एफआईभीबी लेभल ३ लाइसेन्स होल्डर प्रशिक्षक हुन् । ललितपुरले नेपाली घरेलु भलिबलमा उत्कृष्ट प्रशिक्षकको छवि बनाएका खड्कालाई टिममा राख्न पाउँदा धेरै खुसी भएको बताएको छ ।
खड्काले प्रशिक्षकको जिम्मेवारी पाउँदा निकै खुसी भएको र टिमलाई यो सिजन उपाधि दिलाउने विश्वास रहेको बताए ।
‘गत सिजन फाइनलमा पुग्दा पनि उपाधि जित्न सकिएन । यस पटक हामी प्रतियोगिता जित्ने गरेर आजै देखि तयारीमा जुट्नेछौँ । मलाई विश्वास गर्नु भएकोमा ललितपुर परिवारलाई धन्यावाद दिन चाहन्छु,’ खड्काले भने ।
एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण सेप्टेम्बर ५ देखि सेप्टेम्बर १३, २०२५ सम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण