पीएसजीसामु मेस्सीको मियामी निरीह
सारांश
- जोआओ नेभेसको दुई गोलको मद्दतमा पीएसजीले इन्टर मियामीलाई ४-० गोलले पराजित गर्यो।
- खेलमा भिटिन्हाको फ्रिकिकमा नेभेसले हेड गोल गरे भने एभिलेसले आत्मघाती गोल गरे।
- पीएसजीले क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान बनायो र अब बायर्न म्युनिख वा फ्लामेन्गोसँग खेल्नेछ।
एटलान्टा । जोआओ नेभेसको दुई गोलको मद्दतमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इन्टर मियामीलाई पराजित गर्दै फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ।
अमेरिकाको एटलान्टामा सम्पन्न खेलमा युरोपियन च्याम्पियन पीएसजीले मेजर लिग सकर (एमएलएस) को ईस्टर्न कन्फरेन्समा छैटौँ स्थानमा रहेको इन्टर मियामीलाई ४–० गोल अन्तरले पराजित गर्यो।
खेलको छैटौँ मिनेटमै भिटिन्हाको फ्रिकिकलाई जोआओ नेभेसले हेड गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफको ३९औँ मिनेटमा नेभेसले दोस्रो गोल गर्दै पीएसजीको पकड बलियो बनाए। फाबियान रुजले एक गोल गरेका थिए, तर त्यो अफसाइडका कारण रद्द भयो।

त्यसपछि इन्टर मियामीका डिफेन्डर टोमस एभिलेसले डेजायर डोउको क्रसलाई आफ्नै पोस्टमा छिराउँदै आत्मघाती गोल गरे। पहिलो हाफको इन्जुरी समयमा अचरफ हाकिमीले चौथो गोल गर्दै पीएसजीको लयलाई थप मजबुत बनाए।
दोस्रो हाफमा पीएसजीले लय केही धीमा बनाएको देखियो । तर इन्टर मियामीका लागि स्टार खेलाडी लियोनेल मेस्सीले केही अवसरहरू सिर्जना गरे पनि पूर्व क्लबविरुद्ध गोल गर्न सकेनन्।
यो जितसँगै पीएसजी क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब उनीहरूको भिडन्त बायर्न म्युनिख वा फ्लामेन्गोमध्ये एकसँग हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण