१० बजे १० समाचार : बजेटमा गडबडी गरेका गण्डकीका अर्थ सचिव कारबाहीमा, बालेनकै पक्षमा उभिए वडा अध्यक्ष मानन्धर
आज २०८२ असार १६ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा बजेटमा गडबडी गरेका गण्डकीका अर्थसचिव कारबाहीमा, प्रहरी विधेयकमाथि सोमबार के–कस्तो भयो छलफल ?, रुपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन, कांग्रेस बैठकमा चार भ्रातृ संस्थाको महाधिवेशन मिति प्रस्ताव, शिक्षा विधेयकका लागि मन्त्रीले मागे थप समय, बालेनकै पक्षमा उभिए वडा अध्यक्ष मानन्धर लगायत छन् ।
१. बजेटमा गडबडी गरेका गण्डकीका अर्थसचिव कारबाहीमा
बजेटमा गडबडी गरेको भन्दै आलोचित बनेका गण्डकीका अर्थसचिव राजेन्द्रदेव पाण्डेलाई प्रदेश मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको जिम्मेवारीबाट हटाएको छ । उनलाई मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद कार्यालय मातहत जगेडामा राखिएको हो ।
२. प्रहरी विधेयकमाथि सोमबार के–कस्तो भयो छलफल ?
राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार प्रहरी विधेयकमाथि छलफल भएको छ । छलफलमा सांसदहरूले विभिन्न सुझाव राखेका छन् ।
३. रुपन्देही–३ मा कार्तिक १७ गते उपनिर्वाचन
निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने गरी मिति तोकेको छ । ०७९ को निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि रिक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।
४. कांग्रेस बैठकमा चार भ्रातृ संस्थाको महाधिवेशन मिति प्रस्ताव
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको छ । बैठकमा चार भ्रातृ संस्थाको महाधिवेशन मिति महामन्त्री गगन थापाले प्रस्तुत गरेका छन् ।
५. शिक्षा विधेयकका लागि मन्त्रीले मागे थप समय
विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले थप समय माग गरेका छन् । विद्यालय शिक्षा विधेयक पारित गर्न उनले थप समय माग गरेका हुन् ।
६. बालेनकै पक्षमा उभिए वडा अध्यक्ष मानन्धर
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र कांग्रेस–एमालेका जनप्रतिनिधिबिच केही समयदेखि शक्ति सङ्घर्षको अवस्था देखिएको छ । यसबिच बालेनका आलोचक बनेका काठमाडौँ–१७ का वडा अध्यक्ष नवीन मानन्धर पछिल्लो समय बालेनकै पक्षमा उभिन पुगेका छन् ।
७. नागार्जुनका निलम्बित मेयरलाई ८ वर्ष कैद सजाय
सम्पत्ति शुद्धीकरणको मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष तीन महिना कैद सजाय तोकिएको छ । सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको हो ।
८. धनगढी डुबानमा
धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ ।
९. बागमतीमा बजेट नसच्याए ‘मार्ग प्रशस्त गर्न’ सरकारलाई विपक्षीको सुझाव
बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल बारम्बार स्थगित भएको र बजेट निर्माणमै गम्भीर नीतिगत त्रुटि भएको भन्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन प्रतिपक्षी दलले आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार संयुक्त वक्तव्य जारी गर्दै बजेट नसच्याए सरकारले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्ने चेतावनी दिएका छन् ।
१०. संरचना निर्माणमै केन्द्रित बागमतीको पर्यटन प्रवर्द्धन नीति
बागमती प्रदेशमा पर्यटन सम्बन्धी छुट्टै मन्त्रालय छ । यद्यपि, यो मन्त्रालयले पर्यटन प्रवर्द्धनका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको गुनासो सुनिन थालेको छ । संरचना निर्माणमै केन्द्रित हुन थालेको र ती संरचनासमेत पर्यटकीय दृष्टिकोणले प्रभावकारी नदेखिएको सरोकारवाला बताउँछन् । यसबारे रातोपाटीले विशेष सामग्री तयार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण