प्रहरी विधेयक
आईजीपी नियुक्ति गर्दा ‘बोल्न नमिल्ने’ चलखेल हुन्छ : भानुभक्त जोशी
सोमबार, १६ असार २०८२, १७ : ५९
सारांश
- सांसद भानुभक्त जोशीले प्रहरीको आईजीपी नियुक्तिमा चलखेल हुने गरेको बताए।
- उनले आईजीपी नियुक्तिको चलखेल रोक्न कानुनमै व्यवस्था गर्नुपर्ने कुरा राखे।
- जोशीले बढुवा प्रणाली विकास गरी एक महिना अघि नै आईजीपी नियुक्तिको व्यवस्था गर्नुपर्ने बताए।
काठमाडौँ । सांसद भानुभक्त जोशीले प्रहरीको आईजीपी नियुक्ति गर्दा ‘बोल्न नमिल्ने’ खालको चलखेल हुने गरेको बताएका छन् । सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकबारे छलफलमा भाग लिँदै एकीकृत समाजवादीका सांसद जोशीले भने, ‘आईजीपी नियुक्ति गर्दा भन्न नमिल्ने खालको चलखेल हुने गरेको छ ।’
सांसद जोशीले ‘भन्न नमिल्ने’ चलखेलबारे प्रश्न उठाएपछि समितिका सभापति रामहरि खतिवडाले ठट्टा गर्दै भने, ‘भन्न मिल्ने मात्रै भन्नुस् नँ ।’ आईजीपी नियुक्तिको चलखेल रोक्न कानुनमै व्यवस्था गरेर एक महिनाअघि नै आईजीपी नियुक्त गर्नुपर्ने उनले बताए ।
जोशीले भने, ‘अनुमान योग्य बढुवा प्रणाली विकास गरेर आईजीपीको पद रिक्त हुनुभन्दा एक महिना अघि नै नयाँ नियुक्ति गर्ने व्यवस्था राख्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण