इन्टरलाई स्तब्ध पार्दै फ्लुमिनेसे क्वार्टरफाइनलमा प्रवेश
मङ्गलबार, १७ असार २०८२, ०९ : २२
सारांश
- फ्लुमिनेसेले इन्टर मिलानलाई २-० गोलले हराएर फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गर्यो।
- जर्मन कानोले हेडमार्फत गोल गर्दै फ्लुमिनेसेलाई अग्रता दिलाए, हर्कुलसले अर्को गोल थपे।
- इन्टरका लाउटारो मार्टिनेजले बराबरीको अवसर गुमाए, अब फ्लुमिनेसेले म्यानचेस्टर सिटी वा अल हिलालसँग खेल्नेछ।
चार्लोट । ब्राजिलियन क्लब फ्लुमिनेसेले इटालियन महारथी इन्टर मिलानलाई स्तब्ध पार्दै फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा फ्लुमिनेसे २–० गोलले विजयी बनेको हो ।
खेलको तेस्रो मिनेटमा नै जर्मन कानोले हेडरमार्फत गोल गर्दै ब्राजिलियन टोलीलाई अग्रता दिलाए । खेलको अन्तिम समयमा हर्कुलसले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।
फ्लुमिनेसेले दोस्रो गोल गर्नुअघि इन्टरका फरवार्ड लाउटारो मार्टिनेजले बराबरी गोल फर्काउन थुप्रै अवसर पाएका थिए । तर, त्यसलाई सदुपयोग गर्न सकेनन् । त्यस्तै, फेडेरिको डिमार्कोले पनि दुईवटा फ्रिककबाट गोल गर्ने नजिक पुगे पनि सफल भएनन् ।
अब फ्लुमिनेसेले शुक्रबार क्याम्पिङ वर्ल्ड स्टेडियममा म्यानचेस्टर सिटी र अल हिलालबिचको विजेतासँग भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण