न्यायपालिका छिटो, छरितो र प्रविधिमैत्री बन्दै गएको छः कानुनमन्त्री चौरसिया
सारांश
- कानूनमन्त्री अजयकुमार चौरसियाले न्यायपालिका प्रविधिमैत्री बन्दै गएको बताए।
- मन्त्रीका अनुसार, न्याय छिटो बनाउन प्रविधिको प्रयोग गरिँदैछ, अनलाइन मुद्दा दर्ता र भिडियो सुनुवाइ भइरहेको छ।
- उनले जातीय विभेद अन्त्यका लागि कानुनी व्यवस्था कार्यान्वयनमा जोड दिँदै दलितको कोटा निर्धारण गरिएको जानकारी दिए।
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिका छिटो, छरितो र प्रविधिमैत्री बन्दै गएको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजनाले न्याय छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै आएको बताए ।
“न्यायपालिले छिटो न्याय दिनका लागि प्रविधिको प्रयोग गर्दै आइएको छ । अनलाइन मुद्दा दर्ता, मुद्दाको अवस्था बुझ्ने र भिडियोमार्फत सुनुवाइको काम भइरहेको छ । यसै विषयलाई ध्यानमा राखेर न्यायपालिकाको बजेट विनियोजन गरिएको छ”, मन्त्री चौरसियाले भने ।
जातजाति, धार्मिक, सांस्कृति विभेद तथा छुवाछूत र भेदजन्य कार्यविरुद्धको कानुनी व्यवस्था कार्यान्वयनमा जोड दिइएको भन्दै उनले निजामती तथा सरकारी सेवामा दलितको कोटा निर्धारण गरेर सहभागिता बढाउँदै लगिएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण