क्लब विश्वकप
क्लब विश्वकप: युभेन्ट्सलाई हराउँदै रियल मड्रिड क्वार्टरफाइनलमा
बुधबार, १८ असार २०८२, ०३ : ०९
सारांश
- रियल मड्रिडले युभेन्टसलाई १-० ले पराजित गर्दै विश्वकप २०२५ को क्वार्टरफाइनलमा स्थान बनाएको छ।
- गोनजालो गार्सियाले ५४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो, जसले मड्रिडलाई जित दिलायो।
- रियल मड्रिडले बोरुसिया डर्टमुण्ड र मोन्टेरेबीचको विजेतासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । रियल मड्रिड क्लब विश्वकप २०२५ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
हार्ड रक स्टेडियममा नेपाली समयअनुसार बुधबार बिहान १२स्४५ बजे सुरु भएको खेलमा युभेन्ट्सविरुद्ध १–० को जित निकाल्दै मड्रिडले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको ५४ औं मिनेटमा गोनजालो गार्सियाले ट्रेण्ट अलेक्ज्यान्डर–आर्नोल्डको क्रसमा हेडमार्फत गरेको गोल नै निर्णायक बन्यो।
रियल मड्रिडले खेलभर दबाब कायम राख्दै थुप्रै गोल अवसर सिर्जना गरे पनि युभेन्टसका गोलकिपर मिचेले डि ग्रेगोरियोको शानदार प्रदर्शनले थप गोल हुन सकेन।
अब क्वार्टरफाइनलमा मड्रिडले बोरुसिया डर्टमुण्ड र मेक्सिकोको मोन्टेरेबीचको अन्तिम १६ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण