समितिका सचिव दुरामाथि खनिए सांसद
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले मन्त्रालयका कर्मचारीले निजामती विधेयकको प्रतिवेदनमा छलफल नभएको भन्ने भनाइ सत्य नभएको बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सचिव दुराले यस्तो बताएका हुन् । उनले छलफल भएको आफूसँग प्रमाण रहेको पनि बताए ।
बैठकमा उपसमितिको रिपोर्ट बाचन गर्दै सचिव दुराले मेलबाट ओहोरदोहोर भएको बताए । ‘पछिल्लो समय अलि क्राउडेड भएपछि कहिले माननीयहरू आउने कहिले नआउने भयो, उपदफा ५ बारे छलफल नै भएन’, उनले भने, ‘दुई चार जना माननीयले अहिले छाड्नुस् पछि पढ्ने भनेको कुरा म अहिले पनि सुनाउन सक्छु ।’
फाइनल प्रतिवेदन मन्त्री र सभापतिलाई दुई कपि आइसीसीमा पठाएको उनले दाबी समेत गरे । समितिको रिपोर्ट ८२ को उपदफा १ पढेर सुनाउँदै सचिव दुराले ४ र ५ मा दफा हटाउने नभनेको दाबी गरे । उनले यस्तो बताइरहँदा सांसदहरू सचिव दुरामाथि खनिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण