बागमती प्रदेशसभा बैठक शुक्रबारसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
दलहरूबिच बजेट माथिको विवाद समाधान गर्न ८ बुँदे सहमति भएसँगै बिहीबार साँझ ६ः४५ बजे सञ्चालन भएको प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजेसम्म स्थगित भएको हो ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र मुख्यमन्त्री बहादुर सिंह लामाले समय माग गरेर धारणा राखेका थिए ।
नेता जम्कट्टेलले सरकारको रबैयाका कारण व्यवस्था माथि नै प्रश्न चिन्ह खडा भएको बताए । सरकारले बजेटमा अस्वाभाविक ढङ्गबाट हस्तक्षेप गर्दा व्यवस्था माथि नै समस्या भएको उनले बताए । सरकारले उक्त विषयहरूमा स्पष्ट धारणा सहित बजेटका त्रुटिहरू सच्याउनु पर्ने माग गरे ।
यता मुख्यमन्त्री लामाले सरकारले कमीकमजोरी सच्याएर अघि बढ्ने गरी प्रतिपक्ष दलहरूको सुझाव ग्रहण गरेको बताए । प्रतिपक्ष दलहरूको सुझावका आधारमा सरकार आवश्यक सुधारका काम गरेर अघि बढ्ने प्रतिबद्धता मुख्यमन्त्री लामाले जनाए । उनले संविधान र व्यवस्था प्रतिको सबै दलहरू एकजुट हुन जरुरी रहेको बताए ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मध्यकालीन खर्च सम्बन्धी प्रस्ताव संसद्मा पेस गरेका थिए ।
सो लगत्तै सभामुख भुवन कुमार पाठकले संसद्को निर्धारित कार्यसूची हटाएर बैठक स्थगित गरेका थिए । बिहीबारको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको कर तथा राजस्व सम्बन्धी प्रस्ताव र आगामी आर्थिक वर्षको बजेट माथिको प्रस्ताव माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण