क्लब विश्वकप: बायर्नलाई हराउँदै पीएसजी सेमिफाइनलमा
आइतबार, २२ असार २०८२, ०० : ०४
सारांश
- पीएसजीले बायर्न म्युनिखलाई २-० गोलले हराएर फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गर्यो।
- डेजरी डुए र ओसमान डेम्बेलेले पीएसजीका लागि गोल गरे, जसले जित सुनिश्चित गर्यो।
- पीएसजीले अब रियल म्याड्रिड र बोरुसिया डर्टमन्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
मर्सिडीज बेन्ज स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन डेजरी डुए र ओसमान डेम्बेलेले एक एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा खेलेको पीएसजीले खेलको ७८औं मिनेटमा डुएले गोल गर्दै टिमलाई अग्रता दिलाए ।खेलको इन्जुरी समयमा देम्बेलेले गोल गर्दै टिमलाई २-० गोलको जित दिलाए ।
पीएसजीले अब रियर मड्रिड र बोरुसिया डर्ट्मन्डबिचको विजेतासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण