चोटग्रस्त मुसियाला लामो समय मैदान बाहिर रहने
सारांश
- बायर्न म्युनिखका मिडफिल्डर जमाल मुसियाला खुट्टाको चोटका कारण लामो समय मैदान बाहिर रहने भएका छन् ।
- पीएसजीसँगको खेलमा घाइते भएका मुसियाला अप्रिलदेखि ह्यामस्ट्रिङको चोटबाट मुक्त भएका थिए।
- खेलमा डोनारुम्मासँगको जुधाइपछि मुसियालाले खुट्टा समात्दै मैदान छाडेका थिए।
एटलान्टा। जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर जमाल मुसियाला खुट्टाको चोटका कारण लामो समय मैदान बाहिर रहने भएका छन् । पेरिस सेन्ट-जर्मेन (पीएसजी) सँग फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा २-० ले पराजित हुँदा उनी घाइते भएका थिए ।
सो खेल मुसियालाको महिनौँपछि पहिलो सुरुवात थियो। उनले अप्रिलको सुरुदेखि ह्यामस्ट्रिङको चोटबाट निको भइरहेका थिए, जसका कारण उनी बायर्नको बुन्डेसलिगा अभियानको अन्तिम महिनामा खेल्न सकेका थिएनन्।
एटलान्टाको मर्सिडीज-बेन्ज स्टेडियममा भएको रोमाञ्चक तर गोलरहित पहिलो हाफको अन्त्यतिर, माइकल ओलिसेको पासलाई पछ्याउने क्रममा मुसियाला र पीएसजीका गोलकिपर जियानलुइगी डोनारुम्मा जुधेका थिए।
त्यसपछि मुसियाला पीडाले चिच्याउँदै र आफ्नो बायाँ खुट्टा समात्दै गरेको देखिएका थिए। डोनारुम्मासहित धेरै खेलाडीहरूले चिन्ता व्यक्त थिए भने बायर्नका फिजियोहरू मैदानमा दौडिएका थिए।
बायर्नका व्यवस्थापक भिन्सेन्ट कोम्पनीले भने, ‘उनलाई अस्पताल लैजानुपरेको छ। आशा छ, चोट जस्तो देखिएको छ, त्यति नराम्रो नहोस् र उनले यसबाट चाँडै पार पाउन सकून्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण