नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटेको आरोपमा ३ जना पक्राउ
सोमबार, २३ असार २०८२, ११ : १३
सारांश
- काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा काभ्रेका पासाङ तामाङ, किरणकुमार मोक्तान र नीलकुमार तामाङ रहेका छन्।
- उनीहरूले भारतीय नागरिकलाई नयाँ बसपार्कमा लगेर कुटपिट गरी लुटेको आरोप लागेको छ।
काठमाडौँ । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । आरोपीहरूले ठमेलबाट ‘होटल खोज्न सहयोग गर्छौं’ भनेर दुई जना भारतीयलाई नयाँ बसपार्कमा लगेर लुटपाट गरेका हुन् ।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध घर भएर सोह्रखुट्टे बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र २८ वर्षीय नीलकुमार तामाङ छन् । उनीहरु असार २० मा पक्राउ परेका हुन् ।
अपरिचित भारतीयहरूलाई उनीहरूले नयाँ बसपार्कस्थित ध्रुबतारा कम्प्लेक्सको छैटौँ तलामा लगेर कुटपिट गरेर लुटेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण