मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना
उच्च सतर्कता अपनाउन आग्रह
बुधबार, २५ असार २०८२, ०१ : ०३
सारांश
- जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकमा मध्यम वर्षा मापन गरेको छ।
- विभागले मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना औंल्याएको छ।
- मेलम्ची बजार लगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्लास्थित धाप, गोब्रे, मनेखार्क वर्षामापन केन्द्र तथा आसपासका स्थानहरूमा पछिल्लो १ घण्टामा मध्यम वर्षा मापन भएको जनाएको छ।
विभागले बुधबा बिहान १२:५० बजे एक सूचना जारी गर्दै मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्ने सम्भावना रहेकोले मेलम्ची बजार लगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण