चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
शुक्रबार, २७ असार २०८२, १० : ४६
सारांश
- चन्द्रागिरि नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- थानकोटबाट कलङ्की जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
- दुर्घटनामा स्कुटर चालक घाइते भएका छन्, र उनको अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ स्थित तीन थानामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । थानकोटबाट कलङ्की जाँदै गर्दा बा.८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक रोशन ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
करिब ३६ वर्षीय ढकाल थानकोटका स्थानीय हुन् । शुक्रवार बिहान पौने ४ बजेतिर ढकालले हाँकेको मोटरसाइकल अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको हो । डिभाइडर मा ठोक्किएपछि सो मोटरसाइकल बागमती प्रदेश–०२–०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएको थियो ।
स्कुटर चालक धादिङ धुनिवेशी वडा नम्बर–९ घर भएका २५ वर्षीय विवेक केसी समेत घाइते भएका छन् । उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण