पूर्वराजाका संवाद सचिव पाठक रिहा
सारांश
- प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना जारी गर्ने फणिराज पाठकलाई रिहा गरेको छ।
- पाठकलाई 'श्री ५' को नाममा विज्ञप्ति निकालेको आरोपमा सोधपुछका लागि बोलाइएको थियो।
- पाठकले अब उप्रान्त 'श्री ५' उल्लेखित सूचना तथा विज्ञप्ति जारी नगर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका फणिराज पाठक रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर कागज गरी उनलाई परिवारको जिम्मामा छोडेको बताए ।
पूर्वराजाको संवाद सचिवको रुपमा कार्यरत उनलाई यही प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले सोधपुछका लागि बोलाएको थियो ।
जसअनसुसार शुक्रबार दिउँसो प्रहरीमा उपस्थित भएका उनलाई साँझ प्रक्रिया पूरा गरेर छाडिएको हो ।
प्रहरीका अनुसार उनले आफ्नो फेसबुकमा पोस्ट गरेका 'श्री ५' उल्लिखित मेसेजहरु सम्प्रेषण नगर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै यसरी पोस्ट गरिएको पुराना सूचनाहरु उनले आफ्नो सामाजिक सञ्जालबाट डिलिट गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
उनले नागरिक हैसियतमा पुगिसकेका पूर्वराजाको विज्ञप्ति निकाल्दा ‘श्री ५’ को हैसियतमा निकाल्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण