नेपालका यू–१९ क्रिकेटरलाई भारतमा एक महिनाको तालिम
काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासले सन् २०२५ जुनमा घोषणा गरेको ’राजदूत क्रिकेट फेलोशिप फर नेपाली युथ’ कार्यक्रम अन्तर्गत तीन जना नेपाली युवा क्रिकेटरलाई भारतमा एक महिना लामो व्यावसायिक प्रशिक्षणको अवसर प्रदान गरेको छ।
नेपालका आशालाग्दा यू–१९ क्रिकेटरहरू नरेन भट्ट, साहिल पटेल र पूजा महतोले जुलाई १५ देखि अगस्ट १४, २०२५ सम्म भारतको भोपालस्थित एल. बी. शास्त्री क्रिकेट शालामा प्रशिक्षण लिनेछन्।
शुक्रबार भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दको उपस्थितिमा खेलाडीहरूसँग भेटघाट गरी उनीहरूको प्रशिक्षण कार्यक्रमका लागि शुभकामना व्यक्त गरे। भेटघाटमा खेकुद सहकार्यले भारत र नेपालबिचको जन–जनको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिइएको थियो।
यो पहलले युवा नेपाली क्रिकेट प्रतिभाको विकासमा सहयोग पुर्याउनुका साथै क्रिकेटप्रतिको साझा रुचिमार्फत भारत र नेपालबिचको जन–स्तरको सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको भारतीय दूतावासले जानकारी दिएको छ। यो व्यावसायिक एक्सपोजरले खेलाडीहरूको सीपमा उल्लेखनीय सुधार ल्याउने र नेपालको क्रिकेट आकांक्षामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण