प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन
शनिबार, २८ असार २०८२, १७ : ००
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकामा १५ शय्याको अस्पताल उद्घाटन गरे।
- उनले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्नुका साथै खानेपानी आयोजनाको शिलान्यास गरे।
- प्रधानमन्त्रीले तीन तहको सरकारको समन्वयमा विकास निर्माण भइरहेको बताए र स्थानीयलाई व्यावसायिक खेती गर्न आग्रह गरे।
इलाम। प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको अस्पताल शनिबार उद्घाटन गरेका छन् ।
सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्नुका साथै बृहत् खानेपानी आयोजनाको शिलान्यास पनि गरेका हुन् ।सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहेको उल्लेख गर्दै देखिएका अरू समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण