कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : सिदिङ्वा गाउँपालिकाको केन्द्र सार्न सिफारिस
सारांश
- कोशी प्रदेश सरकारले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र सार्न सिफारिस गर्ने निर्णय गर्यो।
- मन्त्रीपरिषद् बैठकले सामाजिक व्यवहार शुद्धीकरण र सरकारी कामकाजको भाषा सम्बन्धी दुई विधेयकको मस्यौदालाई स्वीकृति दिएको छ।
- मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि तयारी गर्न निर्देशन दिए।
विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र सार्न सिफारिस गर्ने र दुई वटा नयाँ विधेयकको मस्यौदाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको १२ औँ मन्त्रिपरिषद् बैठकले ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। गाउँ कार्यपालिका र नगरसभाले आवश्यक कागजातसहित गरेको अनुरोधका आधारमा हाल वडा नम्बर ४ मा रहेको केन्द्रलाई वडा नम्बर ५ को भन्ज्याङमा सार्नका लागि सङ्घीय सरकार समक्ष सिफारिस गर्न स्वीकृति दिइएको हो।
यस्तै बैठकले ‘सामाजिक व्यवहार शुद्धीकरण सम्बन्धी विधेयक’को मस्यौदा तयार गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ। यो विधेयकले सामाजिक विकृति र विसङ्गतिलाई न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।
यस्तै, ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदाका लागि सामाजिक विकास मन्त्रालयले पेस गरेको प्रस्तावलाई पनि सैद्धान्तिक सहमति प्रदान गरिएको छ। यसले प्रदेशमा सरकारी कामकाजमा प्रयोग हुने भाषाहरूलाई व्यवस्थित गर्नेछ।
बैठकको सुरुमा चालु आर्थिक वर्षको वित्तीय प्रगतिको समीक्षा गरिएको थियो। मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलाई साउन महिनाको सुरुवातदेखि नै प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी र प्राविधिक तयारी पूरा गर्न मन्त्रालयहरूलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण